जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको भातृ संगठन समाजवादी युवा संघ नेपालको तीन दिने प्रशिक्षण सम्पन्न भएको छ । जनकपुरको रमण टावरमा शनिबारदेखि सुरु भएको सो प्रतिक्षण सोमबार सम्पन्न भएको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रिय अध्यक्ष उपेन्द्र यादव प्रमुख प्रशिक्षक रहेको सो कार्यक्रममा जसपाको विदेश विभाग प्रमुख अर्जुन थापा लगायतले प्रशिक्षण दिएका थिए । प्रशिक्षण कार्यक्रममा समाजवादी युवा संघका देशैभरिका डेढ सय बढी युवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा सातै प्रदेशबाट समाजवादी युवा संघका पदाधिकारी, जिल्ला नेतासहित सामाजिक सञ्जालमा सक्रिय युवाहरु सहभागी थिए ।
जसपा अध्यक्ष यादवले पछिल्लो समय पार्टीका सबै भातृ, शुभेच्छुक र अन्य संगठनका नेता तथा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यको निरन्तरता दिएका छन् । पछिल्लो समय नेता तथा कार्यक्रताहरुमा प्रशासनिक, पार्टीगत र अन्य राज्य संचालन र संयन्त्रको विषयमा थप प्रष्ट पार्न यस किसिमको कार्यक्रमले पार्टी पंक्तिमा उर्जा थपिएको छ ।
यसअघि जसपाले मधेश प्रदेश कमिटि, लुम्बिनी प्रदेश, प्रदेश नं. १, प्रेस मञ्च नेपाल र समाजवादी महिला संघका पदाधिकारीहरुलाई प्रशिक्षण दिइसकेको छ ।
अध्यक्ष यादवले प्रशिक्षणमा मधेशको इतिहास, आन्दोलन, राज्य संचालन, नेपालको प्रशासनिक अवस्था, विश्व क्रान्ति, समाजवाद लगायतका विषयमा नेता, कार्यकर्ताहरुलाई प्रशिक्षित गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया