हृदयेशको जप्रपा र वृषेशको तमलोपाबीच सहकार्य गर्ने सहमति

समाचार

काठमाडौं । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपाल र वृषेशचन्द्र लालको तराई–मधेश लोकतान्त्रिक पार्टीबीच सहकार्य गर्ने सहमति भएको छ ।

देशको वर्तमान परिस्थितिप्रति चिन्तित र सजग हुँदै निम्नलिखित बूँदाहरुलाई प्राथमिकतामा राखी दीर्घकालीन समाधानका लागि सतत प्रयत्नशील रहने प्रणका साथ त्रिपाठ िर लालको पार्टीबीच सहकार्य भएको हो ।

नेपालको संविधानको रक्षार्थ यसमा समसामयिक संशोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण गर्न, तराई–मधेशका साथै सम्पूर्ण देशमा सुशासन र समृद्धिको लक्ष्य प्राप्ति गर्न, विद्यमान सबै प्रकारका विभेद अन्त्य गर्न, निरन्तर बिग्रदो अर्थतन्त्रमा सुधार तथा देशको कृषि उत्पादनमा वृद्धि र किसानको हितमा क्रियाशील रहन र लाल आयोगको प्रतिवेदन सार्वजनिकरण तथा कार्यान्वयन गराउन सहकार्य गर्न सहमति भएको तमलोपाका नेता उमेश मण्डलले जनाएका छन् ।

उपरोक्त विषयहरुमा सहमत हुन सक्ने लोसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी लगायतका अन्य दलहरुलाई यस सहकार्यको अभियानमा सरीक हुन त्रिपाठी र लालले अनुरोध समेत गरेका छन् ।

Download Attachment

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ