१ सय १६ किलो गाँजासहित एक जना पक्राउ

समाचार

सर्लाही । बागमती नगरपालिका–३ नयाँ बस्ती चोकबाट अवैध लागूऔषध गाँजा १ सय १६ किलोसहित एक जना पक्राउ परेका छन् ।

नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–११ बस्ने ३० वर्षीय सुर्य परियारलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले बा.प्रदेश ०१–०२६ च ५१५९ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारभित्र १० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक परियारलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ