काठमाडौं । पूर्वउपप्रधानमन्त्री एवं लोसपाका पूर्ववरिष्ठ नेता राजेन्द्र महतोले घाइते भएका छन् । निषेधित क्षेत्र तोड्न पुगेका महतोसहितका नेता कार्यकर्ताहरुबीच धक्कामुक्की हुँदा उनीसहित अन्य प्रदर्शनकारीहरु पनि घाइते भएका छन् ।
महतोले थालनी गरेको राष्ट्रिय मुक्ति क्रान्ति अभियानको उपत्यका उपत्यका विशेष ब्युरोले आयोजना गरेको माइतीघर निषेति क्षेत्र तोडौं कार्यक्रमअन्तर्गत बुधबार प्रदर्शन गर्दै माइतीघर मण्डला जान लागेको थियो ।
डिल्लीबजार चारखालबाट सुरु भएको आन्दोलन पुतलीसडक, बागबजार, घण्टाघर हुँदै भद्रकाली आएपछि प्रहरीले रोकेको थियो । सोही क्रममा धक्कामुक्की हुँदा महतो घाइते भएका हुन् ।
धक्कामुक्की हुँदा घाइते भएका महतोको ट्रमा सेन्टरमा उपचार भइरहेको उनी निकट विन्द किशोर साहले जनाएका छन् ।
तपाईको प्रतिक्रिया