निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

समाचार

नवलपरासी पश्चिम । नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा सुस्ता गाउँपालिका–५ स्थित ईलाका प्रहरी कार्यालय सुस्ताको प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश दाङको आयोजना तथा पृथ्वी चन्द्र अस्पताल नवलपरासीको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

शिविरमा पृथ्वी चन्द्र अस्पताल नवलपरासीका विशेषज्ञ तथा चिकित्सक टोलीबाट हाडजोर्नी सम्बन्धी ३९ जना, दन्त रोग सम्बन्धी १६ जना, स्त्री रोग सम्बन्धी ६८ जना र जनरल ओपीडी सम्बन्धी १ सय १९ जना गरी जम्मा २ सय ४२ जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधिहरू निःशुल्क वितरण गरिएको थियो । 

शिविरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायत, नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश अध्यक्ष निलम कडायत, प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ