कपिलवस्तु । बुद्धभूमि नगरपालिका–४ स्थित सडकमा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
लु.३ च ४३८३ नम्बरको पिकअपले लु.१३ प १८१९ नम्बरको मोटरसाइकललाई बुधबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–२ घर भई बुद्धभुमी नगरपालिका–४ बुढ्डी चोक बस्ने ५५ वर्षीय सितल कहारको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया