कान्ति बाल अस्पतालमा जसपाको स्वास्थ्यकर्मी फोरम गठन

समाचार

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल निकट स्वास्थ्यकर्मीहरुको संगठन कान्ति बाल अस्पतालमा गठन भएको छ ।

बिहिबार कान्ति बाल अस्पतालमा आयोजित एक कार्यक्रममा मुकेश कुमार मिश्रको अध्यक्षतामा समाजवादी स्वास्थ्यकर्मी फोरम नेपालको इकाई कमिटि गठन भएको हो ।

समाजवादी स्वास्थ्यकर्मी फोरम नेपालको केन्द्रीय कार्यबाहक अध्यक्ष सच्चिदानन्द जयसवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमले उपाध्यक्षमा प्रमोद कुमार मेहता, सचिवमा जयकुमार यादव, कोषाध्यक्षमा महेश कुमार यादव र सदस्यमा रामबाबु भट्टराईलाई चयन गरेको छ ।

डा. नविन उपाध्यायलाई उक्त इकाई कमिटिको सल्लाहकारमा चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ