करिब १ सय ६३ किलो गाँजा बरामद

समाचार

सुनसरी । बराहक्षेत्र नगरपालिका–२ तेह्रआडीस्थित कोशी नदीको किनारबाट अवैध लागूऔषध गाँजा करिब १ सय ६३ किलो ८ सय ४५ ग्राम प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चतरा समेतबाट खटिएको प्रहरीले नदीको किनारमा वेवारिसे अवस्थामा रहेको ५ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ