सत्ता गठबन्धनले जनताको अपेक्षा सम्बोधन गर्छ : ओली

समाचार

धनगढी । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट शक्ति मिलेर बनेको सत्ता गठबन्धनले जनताको अपेक्षा सम्बोधन गर्ने बताएका छन् ।

मंगलबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले मुलुक अब विकास र समृद्धिको यात्रामा सही ढङ्गले अघि बढ्ने बताएका हुन् ।

ओलीले देशभक्त, कम्युनिष्ट शक्ति मिलेर बनेको सत्ता गठबन्धनले जनताको अपेक्षा सम्बोधन गरि मुलुकलाई सही बाटोमा अघि बढाउने बताए ।

सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष ओलीले उपप्रधान एवं गृहमन्त्री रवी लामिछानेलाई फसाउने चलखेल भइरहेको बताए ।

सत्ता बाहिर हुँदाको छटपटीलाई काँग्रेसले जबरजस्ती गृहमन्त्री लामिछानेलाई बदनाम गराउन खोजेको र सहकारीमा लामिछाने कुनै सम्बन्ध नरहेको उनले जिकिर गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ