धनुषामा सवारी दुर्घटनामा दुईको मृत्यु

समाचार

धनुषा । जिल्लाको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मिथिला नगरपालिका–२ विश्वकर्मा चोकस्थित सडकमा प्र.२–०२–००१ च ०७१२ नम्बरको एम्बुलेन्सले ज.११ प १९९ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–३ हरिहरपुर बस्ने २२ वर्षीय जिते भन्ने जितेन्द्र महतोको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई उपचारको लागि न्यूरो अस्पताल जनकपुरमा पठाइएको छ । एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी, लक्ष्मिनिया गाउँपालिका–६ स्थित सडकमा प्र.२–०२–००४ प ६९४७ नम्बरको मोटरसाइकललाई डीएल १२ सी ०९४४ नम्बरको कारले मंगलबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक महोत्तरी लोहरपट्टी नगरपालिका–४ बस्ने २५ वर्षीय रामबाबु साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेन्ट्रल अस्पताल लक्ष्मिनियामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ