रूपन्देही । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
गैडहवा गाउँपालिका–८ खैरेनी कुट्टा बस्ने २० वर्षीय राम सुवास भरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
रामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया