अवैध लागूऔषधसहित एक जना पक्राउ

समाचार

कैलाली । धनगढी उपमहानगरपालका–३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।

५० मिलिग्राम र नियन्त्रित लागूऔषध प्रिगाबा ९६ क्याप्सुल र एभिल १० क्याप्सुलसहित गोदावरी नगरपालिका–१० बस्ने २२ वर्षीय तेज बहादुर बोहरालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ