१७ किलो ५०० ग्राम गाँजासहित एक जना पक्राउ

समाचार

रौतहट । फतुवाबिजयपुर नगरपालिका–११ भैसही टोल बस्ने ६३ वर्षीय दयालाल पैसवानलाई अवैध लागूऔषध गाँजा १७ किलो ५ सय ग्रामसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पैसवानले आफ्नै घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी दुधिअवाबाट खटिएको संयुक्त टोलीले उनको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ