सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिकाको उद्यम विकास इकाईद्वारा संचालित दुई महिने कटाई सिलाई तालिम एवं प्रविधि हस्तान्तरण र उद्घाटन सम्पन्न भएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ११ को अध्यक्ष साकिर खानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नगर परिषद सदस्य राम नारायण साह, विशिष्ट अतिथि, रोजगार शाखा प्रमुख राजेश कुमार साह, समाजसेवी उमेश कुमार मण्डलले सामूहिक रुपमा मैनवति बालेर कार्यक्रम विधिवत रुपमा उद्घाटन गरेका थिए ।
प्रत्येक वडाबाट सहभागी रहेको कार्यक्रममा १५ जना महिलालाई सिलाई मेसिनमा प्रयोग हुने सम्पूर्ण सामान त्यस्तै २२ जना पुरुषलाई हाउस वायरिङका सामान हस्तान्तरण गरेका थिए ।
तालिमको सहभागीलाई सरवति खानले सिलाई सम्बन्धि र गोबिन्द कुमार साहले हाउस वायरिङ सम्बन्धि तालिम दिनेछन् ।
वडा नम्बर ११ स्थित सामुदायिक भवनमा सुरु भएको तालिममा शोभाकान्त मण्डलद्वारा कार्यक्रम संचालन गरेका थिए ।
तपाईको प्रतिक्रिया