धान लोड गरेको ट्रकबाट खसेर सहचालकको मृत्यु

समाचार

पर्सा । वीरगंज महानगरपालिका–११ श्रीपुरस्थित सडकमा भारतबाट ड्राईपोर्टको बाटो हुँदै कलैयातर्फ जाँदै गरेको ट्रकबाट खसेर सहचालकको मृत्यु भएको छ ।

बिआर २५ जिए ०४२५ नम्बरको धान लोड गरेको ट्रकबाट खसेर ट्रकका सहचालक भारत बिहार राज्य जहमावाद बस्ने ५५ वर्षीय महेश माझीको सोमबार राति मृत्यु भएको हो ।

खसेर गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ