हेटौडा । राष्ट्रिय मुक्ति क्रान्ति अभियानले हेटौडामा गर्न लागेको जनप्रर्दशनमा सहभागी हुन जसपाबाट एउटा समुहले पार्टी नै परित्याग गरेर सहभागी भएका छन् ।
जसपाका स्थानीय अगुवा नेता योगबहादुर ब्लोनको नेतृत्वमा झण्डै एक सय स्थानीय नेता तथा कार्यकर्ता जसपा परित्याग गरेर राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्ति अभियानमा सामेल भएका छन् ।
ब्लोनले राष्ट्रिय मुक्ति क्रान्तिका लागि भइरहेको अभियानहरु आफ्नो समर्थन रहेको र पार्टीले बहुल राष्ट्र निर्माणका लागि कुनै गतिविधि नगरेको भन्दै पार्टी परित्याग गरेको घोषणा प्रेस वक्तव्य जारी गरेर जनाएका छन् ।
जसपाले ब्लोन सहित स्थानीय जनजाति समूहका नेताहरुले राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको जनप्रर्दशनमा सहभागी नहुन निर्देशन दिएका थिए । निर्देशनको अवज्ञा गर्दै ब्लोनसहित स्थानीय नेता कार्यकर्ताहरु पार्टी नै परित्याग गरेको घोषणा गरेका छन् ।
तपाईको प्रतिक्रिया