हेटौडा । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले देशभरका पहिचान र अधिकारवादीहरु एक ठाउँमा आएर अगाडि बढ्नुपर्ने बेला आएको बताएका छन् ।
नागरिकहरुले पहिचान मागीरह्दा शासकहरु नदीनालालाई पहिचानको मानक बनाएर आन्दोलनको खिल्ली उडाएको आरोप महतोले लगाएका हुन् ।
बुधबार हेटौडामा अभियानले गरेको जनप्रर्दशनलाई सम्बोधन गर्दै महतोले बामती प्रदेशको नामाकरण प्रति प्रश्न उठाउँदै यसको नाम पनि फेर्नुु पर्ने जिकिर गरे ।
‘बागमती नदीले कहाँ र कहिले पहिचान मागेका थिए ?’, महतोले भने, ‘यहाँका जनताले त नेवा र ताम्सालिगं भन्ने आफनो पहिचान मागेका थिए ।’
महतोले भने, ‘पूर्वमा पनि राई लिम्बुले पहिचान मागेको तर शासकहरुले कोशी नदीको पो पहिचान दिए । पहिचान र अधिकारको आन्दोलनसँग वर्षौंदेखि खेलवाड भइरहेको छ ।’ महतोले अब देशभरका पहिचान र अधिकारवादीहरु एक ठाउँमा आएर अघि बढ्नुपर्ने बेला आएको बताए ।
हेटौडाको बुद्ध चोकबाट महतोको नेतृत्वमा बुधबार दिउँसो बागमती प्रदेशको नामाकरण खारेज हुनुपर्ने माग सहित जनप्रदर्शन भएको छ । प्रर्दशनमा तामाङ, च्योबाङ र नेवा समुदायका नागरिकहरुको ठूलो संख्यामा सहभागिता थियो ।
प्रदर्शनकारीहरुले बागमती प्रदेशको नामाकरण परितर्वन गरेर ताम्सालिंग नेवा प्रदेश हुनु पर्ने नारासहित बहुल राष्ट्रको माग गरेका थिए ।
महतोको अगुवाईमा यो अभियानले फागुन १६ गते काठमाडौमा र त्यस पछि जनकपुर र मलंगवामा प्रदर्शन गरिएको थियो । साथै अभियानले पूर्वको मेचीदेखि कन्चनपुरसम्म प्रशिक्षण कार्यकम समेत गरेका छन् ।
तपाईको प्रतिक्रिया