राष्टिय मुक्ति क्रान्ति अभियानको प्रदर्शनमा प्रहरी दमन, रमन पाण्डेयसहित दुई दर्जनभन्दा बढी घाइते

समाचार

काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानको बृहत् जनप्रदर्शनमा सुरक्षाकर्मीले व्यापक दमन गरेको छ ।

अभियानद्वारा पूर्वघोषित बृहत जनप्रदर्शन कार्यक्रममा प्रहरीले दमन गर्दा अभियानका दुई दर्जनभन्दा बढी अभियन्ताहरु र केही सुुरक्षाकर्मीसमेत घाइते भएका हुन ।

अभियानका नेता, संस्थापक मधेशवादी नेता एवं हिन्दी भाषा अभियानी रमन पाण्डेयका अनुसार अभियानका २७ र केही सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।

अभियानको शान्तिपूर्ण जनप्रदर्शनमा सुरक्षाकर्मीले हस्तक्षेप गरेपछि दोहोरो झडप नै भएको थियो । त्यसपछि सुरक्षाकर्मीले पानी फोहोरा र लाठीचार्ज गरेको थियो ।

घाइते प्रदर्शनकारीहरुको उपचार मेडिकेयर, ट्रमा सेन्टर र वीर अस्पतालमा भइरहेको छ । प्रहरी दमनमा अभियन्ता रमन पाण्डेय, केशव झा, कौशल कुमार सिंह, चन्द्र नारायण थारु, अविन लामा, संजय चौधरी, कुशल थिङ, श्रीधर मानन्धर, रिशन लामा, आकाश घोस्टिङ, कविन लामा, विशाल योञ्जन, मोती लाल ठाकुर, सुमन लामा, सेमसङ लामा, पसाङ घिसिङ, साजन तमाङ, प्रेम बहादुर वाइवा, सीख तबरेङ्कर, करनक मियाँ, सीख मन्जिर, संजय तमाङ, प्रेम लामा, धनबहादुर वाइवा लगायत रहेका छन् ।

यसैगरी, प्रदर्शनको क्रममा सन्तोष मेहता, सनम लिम्बु, रामप्रवेश साह लगायतका प्रहरीले पक्राउ समेत गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ