काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्ति अभियानले शनिबार गरेको बृहत् जनप्रदर्शनमा प्रहरीद्वारा गरिएको दमनको चौतर्फी भर्त्सना गरिएको छ ।
अभियानका संयोजक राजेन्द्र महतोले एक विज्ञप्ति जारी गरी प्रहरी दमनको घोर भर्त्सना गर्दै पक्राउ परेकाहरुलाई शीघ्र रिहा गर्न माग गरेका छन् ।
पक्राउ परेकाहरुलाई यथाशीघ्र रिहा नगरिए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुने चेतावनीसमेत महतोले दिएका छन् ।
राष्ट्रिय मुक्ति क्रान्ति सम्बद्ध स्वनिगः (उपत्यका) विशेष ब्युरो र नेवाः राष्ट्रिय परिषद्को संयुक्त आयोजनामा बसन्तपुरदेखि भद्रकालीसम्म बृहत् जनप्रदर्शन कार्यक्रम कोणसभामा परिणत भई शान्तिपूर्ण रुपमा सकिने बेलामा केही भिजिलान्तेहरुले ढुंगामुढा गरी परिस्थिति असहज बनाउँदा त्यसक्रममा प्रहरीद्वारा अत्यधिक दमन हुँदा महिलासमेत कैयौं प्रदर्शनकारीहरु घाइते भएका छन् ।
तपाईको प्रतिक्रिया