हनामीले जित्यो तिलौराकोट गोल्डकप

समाचार

कपिलवस्तु । विभागीय टोली नेपाल पुलिस क्बललाई पराजित गर्दै हनामी बीएफसीले प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधि जितेको छ ।

कपिलवस्तुस्थित बुद्ध रंगशालामा शनिबार सम्पन्न फाइनलमा हनामीले पुलिसलाई टाई ब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि खेलको छिनोफानो टाई ब्रेकरमार्फत गरिएको हो। जसमा हनामीले बाजी मार्यो ।

हनामीका राम शाही, सुजित बुढाथोकी, सागर लामा र आशिष सुनामले गोल गरे। मनिष तामाङले भने गोल गर्न सकेनन्।
पुलिसका शिशिर चौधरी, विवेक पाण्डे र अनुप लिम्बुले गोल गरे। पृथ्वी चौधरी र हेम तामाङले भने गोल गर्न सकेनन्। त्यसअघि खेलमा शुरूआती अग्रता भने पुलिसले लिएको थियो। पुलिसका सुजित भण्डारीले चौथो मिनेटमै पेनाल्टीमा गोल गरेका थिए।

पहिलो हाफको अन्त्यतिर अनुप लिम्बुले गोल गर्दै हनामीलाई खेलमा फर्काए। खेलको म्यान अफ दी म्याच अनिल खड्का भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे।

कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको सेमिफाइनलमा सुदूरपश्चिम–११ लाई ३–० गोल अन्तरले पराजित गर्दै हनामी फाइनलमा पुगेको थियो।पुलिसले भने थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै हनामीसँगको भेट पक्का गरेको थियो।प्रतियोगिताको विजेता टोली हनामीले ११ लाख ११ हजार १११ प्राप्त गर्यो। उपविजेता पुलिसले ५ लाख ५५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो।

प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो। विजेतालाई पुर्व मन्त्री एवं प्रतिनिधी सभा सदस्य सुरेन्द्रराज आर्चायले प्रमाणपत्र र पुरस्कार प्रदान गरि सम्मान गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ