कपिलवस्तु । पूर्वमहिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आर्चायले अवधी कला र संस्कृतिको संरक्षणमा लाग्नु पर्ने बताएका छन् ।
जिल्लाको महाराजंगजमा आयोजित अवधी लोकगित संरक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अवधी संस्कृति कला र परम्पराको इतिहास लामो भएको र आजकाल नयाँ पुस्ताले यसको संरक्षणतर्फ ध्यान नदिँदा अवधी कला लोप हुन लागेको प्रति चिन्ता व्यक्त गर्दे आचार्यले यसको सरक्षणका लागि स्थानीय सरकार र अवधी कला भएका स्थानीयहरु मिलेर सरक्षण गर्नुपर्ने बताए ।
विभिन्न सांस्कृतिक कार्यक्रम, स्थानीय मिडिया र स्थानीय कलाकार मिलेर यसको संरक्षण गर्न समेत आचार्यले आग्रह गरेका छन् ।
सो अवसरमा महाराजगन्ज नगरपालिकाका प्रमुख अब्दुल कलाम, उपप्रमुख रिता चौधरी, वडा अध्यक्ष नैनदा मौर्या, प्रमोद चौधरी, साहित्यकार पशुपतिमणी त्रिपाठी, तुल्सीराम यादव, निरहु यादवले समेत अवधी कला संरक्षणको बारेमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया