नेपालगन्ज । पूर्वराजा ज्ञानेन्द्र शाहले बागेश्वरी मन्दिरको दर्शन गरेका छन् ।
एक हप्तादेखि नेपालगञ्जमा बसिरहेका पूर्वराजा शाहले मंगलबार बिहान पश्चिम नेपालकै प्रसिद्ध बागेश्वरी मन्दिरको दर्शन गरेका हुन्।
पूर्वराजासँगै पारस, शिताष्मा र प्रेरणाले बागेश्वरीको दर्शन गरेका छन्।
पूर्वराजा चैत्र २१ गतेदेखि नेपालगन्जमा बसिरहेका छन्। चैत्र २४ गते कर्णाली प्रदेशको जुम्ला जिल्लामा नागरिक अभिनन्दन कार्यक्रममा उनी सहभागी भएका थिए ।
तपाईको प्रतिक्रिया