मधेशवादी दलहरु भ्रष्टाचारमा डुबे–आजपा नेता साह

समाचार

काठमाडौं । सद्भावना पार्टीका सिरहा जिल्ला पूर्व अध्यक्ष भरत प्रसाद साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । आजपाको केन्द्रीय कार्यालय काठमाडौंमा बुधबार साहले पार्टी प्रवेश गरेका हुन् ।

आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले उनलाई पार्टीमा स्वागत गरेका हुन् । तत्कालिन ६ वटा मधेसवादी दलहरु मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा)का केन्द्रीय सदस्य समेत रहेका साहले मधेसवादी दलका नेताहरु भ्रष्टाचारमा डुबेको आरोप समेत लगाए ।

मधेस सरकारमा मधेसवादी दलकै नेतृत्व रहेको र संघीय सरकारमा पटक पटक मधेसवादी दलका नेताहरु बिभिन्न मन्त्रालयको जिम्मेवारी लिए पनि विकास, सुशासन, समृद्धिको क्षेत्रमा काम नगरी कसरी अकुत पैसा कमाउँने भन्ने धन्दामा लागेको आरोप समेत साहले लगाए ।

मधेस सहित देशको समृद्धि, सुशासन तथा विकासका लागि आजपा नै उपयुक्त पार्टी रहेकाले आफू आजपामा प्रवेश गरेको उनले बताए । आजपाले देशैभरी भ्रष्टाचार, अनियमितता, कुशासन, दलिय लुटतन्त्र, गैरकानूनी भन्सार असुल लगायतका क्षेत्रमा महत्वपूर्ण काम गरिरहेकाले आफूले आजपा पार्टी रोजेको साहले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ