महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले वड़ा नं. १ सिरसियामा नवनिर्मित पासवान जातिको कुल देवता राजा सहलेशको मन्दिर एक समारोह वीच उद्घाटन गरेका छन् ।
मटिहानी नगरपालिका र महोत्तरी क्षेत्र नं. ३ ’क’ का प्रदेश सभा सदस्य अभिराम शर्माको सहयोगमा करिब २० लाखको लागतमा मूर्तिसहित मन्दिरको निर्माण कार्य सम्पन्न भएको कुरा पालिकाका इंजीनियर दिनेश साहले बताए ।
सो अवसरमा बोल्दै नगर प्रमुख मण्डलले सबै जातजातिको विकासमा पालिका कटिबद्व रहेको बताए ।
उक्त कार्यक्रममा नगर उप–प्रमुख मंजु देवी साह, वड़ा नं. १ का वड़ा अध्यक्ष शिव शंकर राय, नगरपालिकाका इंजीनियर बिमलेश साह, उक्त मंदिरका पुजारी शशि पासवान, बिल्टु पासवान, सिकिल पासवान, रामु पासवान लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया