अभियानले मनायो डा. भीमराव अम्बेडकरको जन्मजयन्ती

समाचार

काठमाडौं । राष्ट्रिय एकता अभियानले महान् समाज सुधारक तथा हिन्दू साहित्यका विद्वान डा. भीमराव अम्बेडकरको जन्मजयन्ती मनाएको छ ।

कार्यक्रममा भारतका पूर्व केन्द्रीय मन्त्री एवम् भाजपाका राष्ट्रिय प्रवक्ता, विचारक तथा भारतीय दलित आन्दोलनका नेता डा विजय सोनकर शास्त्री प्रमुख अतिथि थिए ।

कार्यक्रमको अध्यक्षता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले गरेका थिए । कार्यक्रममा संविधानसभाका सदस्य तथा अभियानका बरिष्ठ नेता बीपी यादव, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, नेपाली दलित आन्दोलनका नेता खगेन्द्र सुनुवार, विश्लेषक युगनाथ शर्मा पौडेल सहभागी थिए ।

कार्यक्रमको सञ्चालन अभियानकर्मी चन्द्र यदुवंशीले गरेका थिए । अभियानका युवा विभागका संयोजक दिवास पटेल र राष्ट्रियविद्यार्थी परिषद्का महासचिव पप्पु यादवले अतिथिहरूलाई सम्मान गरेका थिए ।

कार्यक्रमले डा. अम्बेडकरको विरासत र सामाजिक सुधार र भारतीय समाजमा उनको योगदानलाई श्रद्धांजलि अर्पण गरियो।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ