काठमाडौं । भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंह, पीभीएसएम, एभीएसएम, वाइएसएम, पीएचडी, डीजी असम राइफल्स, को नेपाल भ्रमण (मिति २०८० चैत्र २६–२०८१ वैशाख २) सम्पन्न भएको छ ।
भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंह, पीभीएसएम, एभीएसएम, वाइएसएम, पीएचडी, डीजी असम राइफल्स नेपालको औपचारिक भ्रमणका लागि २०८० चैत्र २६ गते काठमाडौं आइपुगेका थिए ।
उनलाई स्वागत गर्न नेपालका लागि भारतीय रक्षा सहचरी कर्णेल अमित कुमार शर्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
आफ्नो पाँच दिने भ्रमणका दौरान लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले भारतीय गोर्खा सैनिक निवास, पेन्सन भुक्तानी कार्यालय, पोखरा र पेन्सन भुक्तानी कार्यालय, धरानको भ्रमण गर्नुभयो साथै काठमाडौं, पोखरा र धरानमा नेपालमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक सम्मिलत ¥यालीलाई सम्बोधन गरेका थिए ।
उनले गोर्खा सैनिकको बहादुरीको प्रशंसा गर्दै उनीहरुको साहस र राष्ट्रप्रति देखाएको समर्पित भावको कदर गरे ।
भूतपूर्व वीर गोर्खा सैनिकको अमूल्य त्याग एवम् बलिदानीको स्मरण गर्दै लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले गोर्खा सैनिकको कल्याणका लागि असम राइफल्स, भारतीय सेना तथा भारत सरकार सदैव प्रतिबद्घ रहने कुरा बताए ।
लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले काठमाडौंस्थित भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका थिए ।
उनले नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेटवार्ता गरे ।
उनले दुई देशको द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्न भारतीय राजदूतावासका रक्षा प्रभागका कर्मचारीले खेल्दै आएको कुशल व्यावसायिक भूमिकाको प्रशंसा गरेका थिए ।
तपाईको प्रतिक्रिया