स्रोत नखुलेको नगदसहित एक जना पक्राउ

समाचार

रौतहट । गौर नगरपालिका–१ बाट स्रोत नखुलेको नगद ५ लाख ४९ हजार रूपैयाँसहित राजदेवी नगरपालिका–१ बस्ने २५ वर्षीय सन्तोष कुमार बैठालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको गस्ती प्रहरीले गास्ती गर्दै जाने क्रममा साइकलमा सवार उनलाई उक्त नगदसहित पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि नगदसहित भन्सार कार्यालय गौर रौतहटमा बुझाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ