मधेश प्रदेशको मन्त्रिपरिषद् विस्तार

समाचार

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बिहीबार मन्त्रिपरिषद विस्तार गरेका छन् ।

चौथो पटक विश्वासको मत लिएपछि मुख्यमन्त्री यादवले तीन मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरुमा भरत प्रसाद साह विनाविभागीय, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन, बेची लुङ्गेली विनाविभागीय मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् ।

यस्तै, शारदा थापा गृह, सञ्चार तथा कानून मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेकी हुन् ।

साह र भट्टराई नेकपा माओवादी केन्द्रका छन् भने लुङ्गेली नेकपा एस र थापा नेकपा एमाले प्रदेश सभा सदस्य हुन् ।

नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् भने राज्यमन्त्रीले मुख्यमन्त्री यादवबाट सपथ ग्रहण गरेकी हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ