जनकपुरधाम । हमास समूहको आक्रमणमा परि गत असोज महिनामा मृत्यु भएको धनुषाका आनन्द साहको परिवारलाई मधेश सरकारले पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
मधेश सरकारबाट घोषणा भए अनुरुप मुख्यमन्त्री सरोज कुमार यादवले शुक्रबार मृतक साहका बुवा सोमन साहलाई रु.पाँच लाख बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
गत असोज २० गते इजरायलको मध्य र दक्षिण क्षेत्रमा हमास समुहले गरेको आक्रमणमा परि धनुषाको लक्ष्मिनिया गापा ४ बस्ने आनन्द साहसहित अध्ययन भ्रमणमा रहेको १० जना विद्यार्थीको निधन भएको थियो ।
तपाईको प्रतिक्रिया