मटिहानीमा विपद प्रतिकार्य अभ्यास सम्पन्न

समाचार

महोत्तरी । जिल्लाको मटिहानी नगरपालिका वड़ा नं.– ७ मटिहानीस्थित लक्ष्मीसागर पोखरीमा जिल्ला विपद ब्यबस्थापन समिति महोत्तरीले बिपद प्रतिकार्य अभ्यास गरेको छ ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीको आयोजनामा भएको सो प्रतिकार्य अभ्यासमा नेपाली सेनाको रणभीम गण परिकौली, सशस्त्र प्रहरी बल ९ नं. गण हे.क्वा. जलसागर, नेपाल प्रहरी, रेडक्रस सोसाइटी महोत्तरी, राष्ट्रिय सेवा दल सहभागी रहेका थिए ।

प्रतिकार्य अभ्यासमा सुधारिएको उद्धारको समानहरुको प्रदर्शनी र प्रयोग, नाव ड्रिल, नदी बचाव, नदी क्रॉस प्रदर्शनी र खोज तथा उद्दार लगायतका अभ्यासहरुको प्रदर्शनी गरिएको थियो ।

महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख सुमनलाल कर्णको प्रमुख आतिथ्यत्तामा सम्पन्न कार्यक्रममा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल, एकडारा गाउँपालिकाका अध्यक्ष दिपनारायण मण्डल, रणभीम गण परिकौली ब्यारकका प्र.से. विशेष पौडेल, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्र.उ. नकुल पोखरेल, स.प्र.ब. नेपाल नं. ९ गण हे. क्वाटर महोत्तरीका स.प्र.उ. विनोद केसी, अनुसन्धान अधिकृत सुकित चौधरी, राजनीतिक दल नेपाली कॉंग्रेसका प्रतिनिधि बजरंग नेपाली, ने.क.पा. एस. का प्रतिनिधि सुरेन्द्र लाल कर्ण, सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, वड़ा नं. ७ का वड़ा अध्यक्ष जितनारायण माझी लगायतका व्यक्तित्वहरु उपस्थित रहेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ