बाँकेमा हाइसको ठक्करबाट एकको मृत्यु

समाचार

नेपालगन्ज । बाँकेमा हाइसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

नेपालगन्जबाट पश्चिमतर्फ जाँदै गरेको सु.प. प्र. ०२ ००१ ख १२९१ नम्बरको हाइसले कोहलपुर नगरपालिका–८ पिपरी नजिकै ठक्कर दिँदा पैदलयात्री कोहलपुर नगरपालिका ८ की ३३ वर्षीया लालसरी बुढा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

ठक्कर दिने हाइस र चालक इलाका प्रहरी कार्यालय कोहलपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ