महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाले नश्ल सुधार गर्नका लागि उन्नत जातका बीउ बोका वितरण गरेको छ ।
उन्नत जातका बिउ बोका वितरण कार्यक्रमको सुरुवात मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले गरेका हुन् ।
त्यसै क्रममा बोल्दै प्रमुख मण्डलले यो उन्नत जातका विउ बोकाबाट उत्पादन हुने राम्रो बाख्राले बाख्रा पालन गर्नेहरुलाई आयआर्जन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
मटिहानी नगरपालिका र हेफर प्रोजेक्ट नेपालको सहयोगमा सञ्चालित “कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना” अन्तर्गत उक्त परियोजनाले गठन गरेको विभिन्न महिला समूहका जम्मा २० जना महिलालाई १/१ वटाका दरले वितरण गरेको कुरा उक्त परियोजनाका परियोजना संयोजक महेश राय यादवले बताए ।
आफूहरू उन्नत जातका बीउ बोका पाए पछि मटिहानी नगरपालिका वडा नम्बर १ की हिरा सहनीले अब हामी पनि ठूलो ठूलो बाख्रा बेची बढी आम्दानी गर्न पाउँदा खुशी व्यक्त गरेकी छन् ।
त्यसैगरी मटिहानी नगरपालिका वडा नम्बर ३ आबरकी ललिता देवी र वडा नम्बर ५ विसनपुरकी सरिता राम लगायतकाहरुले पनि खुसी व्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा नगर उप–प्रमुख मंजु देवी साह, वडा नं ३, ७ र ८ का वडा अध्यक्षहरू क्रमशः नाजिर मिया, जितनारायण माझी र रितेश शाह, आरवाईसीका लेखापाल रुपेश कुमार झा, वडा सचिव रामनाथ मण्डल, हेफर प्रोजेक्टका कर्मचारीहरू र विभिन्न महिला समूहका महिलाहरू लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया