गाउँपालिकाको सहयोगमा सशस्त्र प्रहरीको सिनियर अधिकृत मेस भवन निर्माण

समाचार

सप्तरी । छिन्नमस्ता गाउँपालिकाको आर्थिक सहयोगमा सशस्त्र प्रहरी बल ६ नं गण राजविराजमा सिनियर अधिकृत मेस भवन निर्माण गरिएको छ ।

आइतबार एक कार्यक्रममा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी र मधेश प्रदेशका सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र साहले उक्त भवनको उद्घाटन गरेका छन् ।

उक्त भवन निर्माण पश्चात सशस्त्र प्रहरीले खेप्दै आएको मेसको समस्या समाधान हुने पालिका अध्यक्ष चौधरीले विश्वास व्यक्त गरे ।

‘मेसको समस्या खेप्दै आएको सशस्त्र प्रहरीले यसबाट राहत पाउने छन्,’ उनले भने, ‘अब दुई देशीय सुरक्षा बैठकको लागि पनि भवन प्रयोग गर्न पाइयो ।’

यसअघि सशस्त्र जवानको मेस दुई लाखको आर्थिक सहयोगमा छिन्नमस्ता गाउँपालिकाले निर्माण गरिदिएको समेत अध्यक्ष चौधरीले जानकारी दिए ।

त्यस्तै, उनले जिल्ला प्रहरी कार्यालय तथा अन्य आम नागरिकलाई दैनिक सेवा प्रवाह हुने कार्यालयमा पनि पालिकाको स्रोत साधनबाट मद्दत गर्दै आएको बताए ।

‘आमनागरिकलाई दैनिक सेवा प्रवाह गर्ने कार्यालयमा पनि आफ्नो स्रोत साधनबाट मद्दत गर्छौँ,’ उनले भने, ’हाम्रो पालिकावासी र जिल्लावासीले पनि मात्र हाम्रो पालिकाबाट नभई अन्य कार्यालयबाट पनि सहज रुपमा सेवा लिन पाओस् भन्ने उदेश्यले सहयोग गर्छौँ ।’

उनले सुरक्षाकर्मीहरूले सहजता महसुस गरे अझ प्रभावकारी ढंगले सुरक्षा दिने धारणा राखे ।

’सुरक्षाकर्मीहरूले खानपान, बसोबासमा सहजता महसुस गरेर अझ सक्रिय र मन लगाएर काम गर्नेछन्’, उनले भने, ‘यसको लाभ हाम्रै पालिकावासी र जिल्लावासीलाई हुनेछ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ