मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

समाचार

पर्सा । बहुदरमाई नगरपालिका–५ पटनीपुलस्थित सडकमा बीआर २२ एएल ७९४७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा चालक भारत मैनाटार बस्ने २६ वर्षीय जोगिन्द्र रामको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ