अवैध लागूऔषधसहित तीन जना पक्राउ

समाचार

मोरङ । पथरीशनिश्चरे नगरपालिका–१ मन्दिर लाइनबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ ग्राम, मोबाइल ९ थान, एकसय एमएलको कोरेक्स ३ बोतल र नाइट्राभेट ६५ ट्याब्लेटसहित ३ जनालाई सोमाबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४६ वर्षीय श्याम कुमार खड्का, २७ वर्षीय सुजन कार्की र ३५ वर्षीय रन्जित लिम्बु रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले श्याम कुमारको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ