कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

समाचार

कैलाली । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी लम्की–चुहा नगरपालिका–३ ब्यबस्थितनगर बस्ने ५४ वर्षीय लालमनि तिमिल्सेनालाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत दिपायलको २०८० पुस २४ गतेको फैसलाले कर्तब्य ज्यान मुद्दामा १० वर्ष कैद र १ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला अदालत कैलालीमा बुझाईएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ