महोत्तरी । गत बैशाख १२ गते मटिहानी नगरपालिका वडा नम्बर ६ जरलहवा गाछीमा आगो लागि क्षतिग्रस्त क्षेत्रका पीडितहरूलाई शुक्रबार सेभ द चिल्ड्रेन तथा युके एडको सहयोग र मटिहानी नगरपालिका एवं रतौली युवा क्लबको समन्वयमा राहत वितरण गरिएको छ ।
उक्त राहत वितरण कार्यक्रमको शुभारम्भ महोत्तरी जिल्ला समन्वय एकाइका प्रमुख सुमन लाल कर्ण, मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल, नेपाली सेना परिकौली ब्यारेकका कर्नेल विशेष पौडेल, सेभ द चिल्ड्रेन बर्दिबास कार्यालयका प्रमुख घना भुसालले संयुक्त रुपमा गरेका हुन् ।
उक्त राहत वितरणमा डिगनिटी किट, सरसफाई सामग्री किट, भान्सा घरमा प्रयोग हुने भाडा बर्तन सेट, ० देखि २ वर्ष र ३ देखि ५ वर्ष मुनिका बालबालिकाहरूका लागि आवश्यक सामग्रीहरूको किट गरी जम्मा ५० किसिमका सामग्री वितरण गरिएको कुरा रतौली क्लबका प्रमुख बैजनाथ चौधरीले बताए ।
तपाईको प्रतिक्रिया