आगलागी पीडितका लागि मधेश सरकारले राहतको प्याकेज घोषणा गर्ने

समाचार

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले महोत्तरीको मटिहानी ६ स्थित आगलग्गी प्रभावित क्षेत्रको शनिबार स्थलगत निरीक्षण गरेका छन् ।

प्रधामन्त्रीको अध्यक्षतामा भएको बैठकमा सहभागी हुन काठमाडौ पुगेका मुख्यमन्त्री यादव जनकपुर फर्किए लगतै मटिहानी पुगी आगलग्गी प्रभावित क्षेत्रको निरीक्षणका साथै पीडित परिवारहरु अवस्थाबारे जानकारी लिएका हुन् ।

पीडित परिवारहरुसँग कुरा गर्दै मुख्यमन्त्री यादवले क्षतिको यकिन विवरण पठाउन जिल्ला विपद व्यवस्थापन समितिलाई निर्देशन दिई सकिएको र विवरण प्राप्त भए लगतै प्रदेश सरकारबाट ठोस राहत प्याकेज घोषणा गरिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रदेश सरकार जनताको सरकार रहेको उल्लेख गर्दै उनले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा तत्कालिक राहत प्याकेज वितरणमा कुनै समस्या नरहेको हुँदा ठोस राहतका लागि छिट्टै प्याकेज घोषणा हुने बताए ।

बैशाख १२ गते मटिहानी नपा वडा नं. ६ मा भएको भिषण आगलग्गीबाट एक सयभन्दा बढी घर जलेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ