प्रतिबन्धित मदिरा गुलरियामा छ्याप्छ्याप्ति

समाचार

कमल राज पौडेल देवकमल, बर्दिया । बर्दियाको गुलरियामा प्रतिबन्धित मदिरा (लोकल रक्सी) छ्याप्छ्याप्ति बिक्री वितरण भइरहेको छ ।

जिल्लाको सदरमुकाम गुलरियामा प्रहरी प्रशासनको लापर्वाहीले सो बिकृति मौलाएको हो ।

जिल्ला प्रहरी कार्यालयले गोप्य रूपमा घुमुवा प्रहरी परिचालन गरेपनि घुमुवाको मिलोमतोमा गुलरियामा देहव्यापार, अवैध मदिरा बिक्री वितरण लगायतका कारोबार बढ्दै गएको जनगुनासो बढिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय जस्ता नियमनकारी निकाय केही लोभलालचका कारण मुकदर्शक बनिरहँदा यस किसिमका बिकृतिले प्रोत्साहन पाएको स्रोतले बतायो ।

स्रोतका अनुसार गुलरियाको तुलापुर वरिपरिको क्षेत्रमा उपरोक्त बिकृति मौलाएको जनगुनासो बढ्दो छ ।

घुमुवा प्रहरीले काम देखाउने र कमिसन पाउने निहुँमा भारत नेपाल सीमाका किसान, सानातिना व्यापारीको मालसमान पक्राउ गरी भन्सार बुझाई कारवाही गर्ने तथा दुःख दिने गरेपनि गुलरियामा नै घुमुवाको आडमा प्रहरी प्रशासन लगायतका उच्च दर्जामा रहेका कर्मचारीले विभिन्न लोभलालचमा गैरकानुनी कार्य गर्नेलाई संरक्षण गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ