बाँके । जिल्लाको खजुरा गाउँपालिकामा ट्याक्टरले किचेर एक ३ वर्षीया बालिकाको मृत्यु भएको छ ।
खजुरा गाउँपालिका–७ सिमलघारीस्थित सडकमा लु.४ त ४५७५ नम्बरको ट्याक्टरले किचेर सोही ठाउँ बस्ने धिरेन्द्र शाहीकी छोरी ३ वर्षीया हिमान्सी शाहीको सोमबार दिउँसो मृत्यु भएको हो ।
ट्याक्टरले किचेर गम्भीर घाइते भएकी उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया