सप्तरी । जिल्लाको बलानविहुल गाउँपालिकामा आगलागी हुँदा २० लाख रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको छ ।
बलानविहुल गाउँपालिका–४ बेल्ही टोल बस्ने ७५ वर्षीय नन्दी पण्डितको मिल र गोठ घरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी भएको हो ।
आगलागीबाट अन्नपात, काठ, लत्ताकपडा, फर्निचरको सामान र धान कुट्ने मिल समेत जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया