अवैध लागूऔषध खैरो हेरोइनसहित पक्राउ

समाचार

सुनसरी । भोक्राहा नरसिंह गाउँपालिका–६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन १६ ग्राम ४० मिलिग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ईटहरी उपमहानगरपालिका–९ बस्ने २४ वर्षीय आकाश थापा र धनकुटा महालक्ष्मी नगरपालिका–९ बस्ने २४ वर्षीय बिकाश तामाङ रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो बिरानटगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३१ प ७४०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रमममा मोटरसाकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ