राजविराज । सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका अग्निपीडितलाई राहतको लागि छिन्नमस्ता गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले एक दिनको तलब भत्ता दिने घोषणा गरेको छ ।
पालिका अध्यक्ष विद्यानन्द चौधरीले अग्निपीडितहरूलाई विपत्तिको समयमा समस्यासँग लड्न छिन्नमस्ता गाउँपालिकाका सम्पूर्ण कर्मचारी तथा सम्पूर्ण जनप्रतिनिधिले एक दिनको तलब–भत्ता दिने जनाकारी दिएका हुन् ।
’यस विपत्तिमा सबै एकजुट भै लाग्न समेत आग्रह गर्दछुँ, हामी सहयोग गर्नेछौँ, सबै जनाले सक्दो सहयोग गरौँ,’ अध्यक्ष चौधरीले भने, ’सप्तरीका सम्पूर्ण स्थानीय सरकार प्रमुख ज्युहरुलाई समेत सहयोगमा लाग्न आग्रह गर्दछु ।’
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्जवल आनन्दले पालिकामा ३ सय जना कर्मचारी रहेको जानकारी दिए । उनले सबै प्रक्रिया थालेर छिटै पीडितहरुलाई चेक हस्तान्तरण गर्ने बताए ।
मंगलबार दिउँसो त्यहाँ भएको भिषण आगलागीबाट ६० भन्दा बढी परिवार घरविहीन भएका छन् ।
तपाईको प्रतिक्रिया