महोत्तरी । जिल्लाको मटिहानी नगरपालिकाको वडा नं.८ को २ तल्ले वड़ा कार्यालय भवनको निर्माण हुने भएको छ ।
एक समारोहबीच मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डल र जग्गा दाता एवं कार्यपालिका सदस्य अरुण नाहरले संयुक्त रुपमा सो वडा कार्यालय भवनको निर्माण कार्यको शिलान्यास गरेका छन् ।
त्यसै क्रममा बोल्दै प्रमुख मण्डलले यो वडा कार्यालयको भवन निर्माणले जनतालाई सेवा दिन सहज हुने विश्वास व्यक्त गरेका हुन् ।
उक्त वडा कार्यालय भवन निर्माणका लागि कार्यपालिका सदस्य अरुण नाहरले करिब १२ धुरभन्दा बढ़ी जग्गा उपलब्ध गरएका छन् ।
सो २ तल्ले वडा कार्यालय भवनको निर्माण नेपाल सरकारको समपूरक अनुदान अन्तर्गत रु. ९५,११,२२७ (मु.अ. कर समेत) को लागतमा निर्माण हुने जसमा ४ वटा कोठा, एउटा सभा हल, टॉयलेट बाथरूम समेत रहने कुरा मटिहानी नगरपालिकाका इंजीनियर बिमलेश साहले बताए ।
सो वडा कार्यालय भवन निर्माण कार्यको शिलान्यास कार्यक्रममा नगर उप–प्रमुख मंजु देवी साह, वड़ा नं.१,३,५,६,७ र ८ का वड़ा अध्यक्षहरु क्रमशः शिवशंकर राय, नाजिर मिया, मिश्री नायक, कलीम अंसारी, जितनारायन माझी र रितेश साह, वड़ा नं.८ पूर्व वडा अध्यक्ष गणेश प्रसाद साह, लोसपाका केन्द्रीय सदस्य राम कुमार मण्डल, नेपाल उद्योग महासंघका पूर्वकेन्द्रीय सदस्य विजयकुमार साह, महोत्तरी उद्योग वाणिज्य संघका सदस्य राम कुमार साह, पूर्वउपाध्यक्ष नागेश्वर गुप्ता, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि उपेन्द्र चौधरी, श्याम कुमार मण्डल, उमाशंकर साह, जुगेश्वर खत्वे, बिन्देश्वर नायक लगायतका स्थानीयहरुको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया