काठमाडौं । एकताको प्रथम राष्ट्रिय महाधिवेशनको संघारमा रहेको उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपाल पुनः विभाजित भएको छ ।
आधिकारिक दाबी गर्दै जसपाका नेता अशोक राई नेतृत्वको समूहले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
संघीय संसदमा जसपाको १२ सांसद रहेकोमा अशोक राईको नेतृत्वमा ७ जना सांसदले निर्वाचन आयोग पुगी आधिकारिकताको दाबी गरेका छन् ।
निर्वाचन आयोग पुग्नेमा अशोक राई, नवलकिशोर साह सुडी, प्रदीप यादव, रञ्जु झा, डा.वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ रहेका छन् ।
त्यस्तै केन्द्रीय कार्यकारिणी समितिका ९ जना र केन्द्रीय समितिका २७ जनाले राई समूहलाई साथ दिएका छन् ।
यता, उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका छन् ।
तपाईको प्रतिक्रिया