एन्टाको ७ औं महाधिवेशन मिति घोषणा

समाचार

काठमाडौँं । एशोसिएशन अफ नेपाली तराईयन इन अमेरिका (एन्टा) को सातौँ महाधिवेशन मिति घोषणा भएको छ ।

अमेरिकामा बसोबास गर्ने नेपाली तराई मूलका नागरिकहरूको साझा संगठन एन्टाको सातौं महाधिवेशन आगामी जेठ १९ गते अर्थात् १ जुन २०२४ मा हुन लागेको हो ।

अमेरिकाको राजधानी वासिङ्टन डीसीमा हुन लागेको महाधिवेशनको तयारी पूरा भएको एन्टाका प्रवक्ता प्रभात झाले जानकारी दिएका छन् ।

सो महाधिवेशनमा सहभागी हुन एन्टाले आफ्ना सदस्य तथा शुभचिन्तकहरूलाई निमन्त्रणा गरेको प्रवक्ता झाले जनाए ।

एन्टाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी हाम्रो सांस्कृतिक सम्पदालाई मनाउन र समर्थन गरौं, सामूहिक प्रगतिलाई बढावा दिऔं, र संयुक्त राज्य अमेरिका र बाहिरका मधेशीहरू बीचको बन्धनलाई सुदृढ गरौं।’

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ