महोत्तरी । जिल्लाको मटिहानी नगरपालिकाले पशुपालक किसानहरुलाई डाले घासको बीउ वितरण गरेको छ ।
डाले घासको बीउ वितरण कार्यक्रमको शुभारम्भ मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले गरेका हुन् ।
त्यसै क्रममा बोल्दै प्रमुख मण्डलले यो डाले घासको बिउले उत्पादन हुने घास पशुलाई अत्यधिक पौष्टिकता पुग्ने विश्वास व्यक्त गरे ।
मटिहानी नगरपालिका र हेफर प्रोजेक्ट नेपालको सहयोगमा सञ्चालित “कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना” अन्तर्गत उक्त परियोजनाले गठन गरेको विभिन्न महिला समूहका जम्मा २०० जना महिलालाई डाले घास (५५० ग्राम मेनदोला, १२० ग्राम भटमासे र १५० ग्राम बकाइनो) वितरण गरेको कुरा उक्त परियोजनाका संयोजक महेश राय यादवले बताए ।
उक्त कार्यक्रममा वडा नं ३, ६ र ७ का वडा अध्यक्षहरू क्रमशः नाजिर मिया, कलीम अंसारी र जितनारायण माझी, हेफर प्रोजेक्टका बरिष्ट कार्यक्रम अधिकृत मिथिलेश झा, कृषि, पशु शाखाका शाखा प्रमुखहरु, हेफर प्रोजेक्टका कर्मचारीहरू र विभिन्न महिला समूहका महिलाहरू लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।
तपाईको प्रतिक्रिया