काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजन गरी अशोक राई नेतृत्वमा बनेको जनता समाजवादी पार्टीले दल दर्ताको प्रमाणपत्र पाएको छ ।
निर्वाचन आयोगले अशोक राई नेतृत्वको दल जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गर्दै दल दर्ताको प्रमाणपत्र प्रदान गरेको हो ।
आयोगको सोमबार बसेको बैठकले दल दर्ता गर्ने निर्णय गरेको छ । जनता समाजवादी पार्टीको दल दर्ता नं. १९८ रहेको छ ।
राजनीतिक दलसम्बन्धी ऐन तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम दल दर्ता गर्ने निर्णय भएको हो ।
तपाईको प्रतिक्रिया