वडा अध्यक्षको बुवाको निधनमा सार्वजानिक बिदा

समाचार

बाँके । बाँकेको नरैनापुर गाउँपालिका वडा नं. २ का अध्यक्ष मसूद अहमद शाहको बुबाको निधनमा वडामा बुधबार शोक बिदा दिएको छ ।

शाहका बुबा पूर्वसांसद शैयद मेराज अहमद शाहको मंगलबार बिहान ७ बजे उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको भन्दै वडा सचिव लक्ष्मीकान्त मिश्राले एक विज्ञप्ती जारी गर्दै वडामा शोक बिदा दिएका हुन ।

वडाले मंगलबार एक विज्ञप्ती जारी गर्दै वडाको सबै प्रशासनिक कार्यालयसँगै सबै शैक्षिक संस्था बन्द रहने जनाएको छ । सँगै स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सार्वजनिक बिदा दिइएको सचिव मिश्राले जानकारी दिए ।

यसैगरी गाउँपालिका अध्यक्ष शैयद इश्तियाक अहमद शाहका दाजु समेत रहेका मृतक मेराजको शोकमा पालिकाले बुधबार गाँउपालिकाको प्रशासनिक कार्यालयसँगै सबै शैक्षिक संस्था बन्द रहने जनाएको छ ।

साथै स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सार्वजनिक बिदा दिइएको प्रमुख प्रशासकिय अधिकृत जनकलाल चौधरीले बताए ।

मृतक शाह २०४८ सालमा बाँके क्षेत्र नं. १ बाट सांसदमा निर्वाचित भएका थिए भने उनी ३ कार्यकालका लागि नेपाल हज समितिको अध्यक्ष समेत रहेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ