सचेतना कार्यक्रमलाई तीव्रता दिँदै ट्राफिक प्रहरी कार्यालय बहादुरगंज

समाचार

इमरान खान, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका अस्थायी ट्राफिक पोस्ट बहादुरगंज लगायत आसपासका क्षेत्रहरुमा अस्थायी ट्राफिक प्रहरी पोस्ट बहादुरगंज कार्यालयले ट्राफिक सचेतना कार्यक्रममा तीव्रता दिएको छ ।

अस्थायी ट्राफिक प्रहरी पोस्ट बहादुरगंज कार्यालय मताहत क्षेत्रमा सवारी चालक, पैदल यात्रु तथा स्कूल बसका विद्यार्थी गरी पछिल्लो तीन महिनामा लगभग दुई हजार जनामा ट्राफिक ऐन नियम, संकेत तथा दुर्घटना सम्बन्धमा जनचेतना मूलक विभिन्न कार्यक्रम संचालन गरि सकेको तथा सो कार्यक्रमलाई निरन्तरता दिइने अस्थायी ट्राफिक प्रहरी पोस्ट बहादुरगंजका प्रमुख प्रहरी नायब निरिक्षक राघव सिंह राठोरले जानकारी दिए ।

सबैलाई लेन सडकको पालनामा सचेत गराइएको, विगतको तुलनामा हाल बजार क्षेत्रमा लेन पालना भएको समेत राठोरले बताए ।
सवारी नियम उल्लंघन गर्ने सवारीहरु उपर सवारी कार्वाही गरिएको सवारी कार्यवाही विगतमा नगदी रसिद मार्फत गरिने गरिएकोमा हाल अनलाइन बैंकिंग मार्फत गरिदा सहजता भएको सवारी धनीहरूको बुझाई रहेको छ ।

बजार क्षेत्रभित्र समेत ट्राफिक प्रहरीले सक्दो ट्राफिक व्यवस्थापन गर्न हरेक सम्भव प्रयास गर्दै आएको प्र.ना.नि. राघव सिंह राठोरले जानकारी गराएका छन् ।

भरपूर ट्राफिक प्रहरीको सक्रियताका कारण विगतको तुलनामा यस क्षेत्रमा दुर्घटनामा कमी देखिएको र ३ जना मोटरसाइकलमा बसाल्ने तथा विना हेलमेट मोटरसाइकल चलाउनेमा समेत कमी आएको स्थानीयले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ